१० माघ, काठमाडौं । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा म्याग्दीबाट स्वतन्त्र उम्मेदवार बनेका निवर्तमान शिक्षामन्त्री महावीर पुनलाई उज्यालो पार्टी नेपालले पनि समर्थन गरेको छ। पार्टीका प्रवक्ता डा। राजु थापाले जारी गरेको वक्तव्यमार्फत यो समर्थन सार्वजनिक गरिएको छ।
यसअघि रास्वपाल ९राष्ट्रिय समाजवादी पार्टी० लगायतका केही दलले पनि पुनलाई समर्थन गर्दै आफ्ना उम्मेदवारलाई निष्क्रिय बनाएको जानकारी प्राप्त भएको छ। यसले चुनावी मैदानमा पुनलाई थप बल मिल्ने अनुमान गरिएको छ।
महावीर पुन म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८ नाङ्गी गाउँमा जन्मिएका हुन्। उनी राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष समेत हुन्। हालैसम्म उनी अन्तरिम सरकारको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री पदमा रहेकाले पदबाट राजीनामा दिएर स्वतन्त्र उम्मेदवारी घोषणा गरेका थिए।
उनको रोचक र नयाँ शैलीको प्रचारप्रसार सामाजिक सञ्जालमा व्यापक रूपमा चर्चित बनेको छ। गाउँघरदेखि शहरसम्म मानिसहरू उनको प्रचार सामग्री र शैलीमा आकर्षित भएका छन्।

















