१० माघ, काठमाडौं । नेपाली कांग्रेसले आगामी निर्वाचनका लागि आफ्नो चुनावी अभियान मधेशबाट सुरु गर्ने निर्णय गरेको छ। पार्टीले माघ १६ गते जनकपुरमा प्रदेशस्तरीय बृहत् सभा गरी चुनावी अभियानको औपचारिक घोषणा गर्ने भएको छ।
सभालाई पार्टीका शीर्ष नेताहरुले सम्बोधन गर्ने तयारी रहेको छ। सभालाई सभापति गगन थापा र उपसभापति विश्वप्रकाश शर्मा सहित अन्य नेताहरुले सम्बोधन गर्ने भएका छन्।
पार्टीले उपसभापति विश्वप्रकाश शर्मालाई चुनावी प्रचार प्रसार समितिको संयोजक बनाएको छ। जनकपुरमा हुने सभाका लागि केन्द्रीय तहबाट संयोजन गर्ने जिम्मेवारी पनि उनले पाउने भएका छन्।
मधेशका प्रचार संयोजक नितेशकुमार गुप्ताले जानकारी दिँदै भने, “प्रचार प्रसारलाई तयारीका लागि प्रदेश समितिको शनिबार बैठक बस्दैछ। माघ १६ गते हुने बृहत् सभामा लाखौं मानिस सहभागी हुने अपेक्षा गरिएको छ।”
कांग्रेस सभापति गगन थापा सर्लाही–४ बाट उम्मेदवार बनेका छन्। यस पटकको निर्वाचनमा राजनीतिक दलहरूले मधेशलाई केन्द्र बनाएर आफ्ना चुनावी गतिविधिहरू सक्रिय बनाएका छन्।
यसअघि जनकपुरमा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० ले चुनावी सभा गरेको थियो, जहाँबाटै काठमाडौंका पूर्वमेयर बालेन शाहले औपचारिक रुपमा चुनावी सभामा सम्बोधन गरेका थिए।
















