Logo

२३ चैत, पर्सागढि । पर्साको पर्सागढि नगरपालिकामा जनस्वास्थ्य प्रयोगशाला सेवाको शुभारम्भ गरिएको छ । पर्सागढि–२ मा रहेको बागबाना स्वास्थ्य चौकिमा सेवाको शुभारम्भ गरिएको हो ।

मधेश प्रदेश सामाजिक बिकास मन्त्रालय र पर्सागढि नगरपालिकाले सहकार्यमा करिब ६० लाखको लागतमा सेवाको आजबाट सुचारु भएको हो । पालिकामा कार्यक्रमको आयोजना गरि नगरप्रमुख गोकर्ण पाठकले प्रयोगशाला ल्याबको रिबन काटेर शुभारम्भ गर्नुभएको हो ।

प्रयोगशालाको शुभारम्भ गर्दै मेयर पाठकले स्रोत र साधनको प्रयोगबाट सेवाग्राहीलाई स्वास्थ्य सेवा प्रदान गर्न सम्पूर्ण कर्मचारीलाई निर्देशन दिनुभएको छ । उहाँले पालिकाभित्रका नागरिक निकै रकम खर्च गरेर स्वास्थ्य परिक्षणका लागि वीरगञ्ज लगायत चितवन जानुपर्ने बाध्यता हटेको बताउनुभयो । साथै न्युन शुल्कमा सुगर, उच्च रक्तचाप, लिभर, फोक्सो, किड्नी, लिपिड प्रोफाईल तथा अन्य थुप्रै चेकजाँच प्रयोगशालामा गरिने उहाँको भनाई छ ।


सम्बन्धित समाचार