Logo

२५ चैत,वीरगञ्ज । मोटरसाइकल र गाडी एक–आफसमा ठोकिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । बर्दिबास स्थित पूर्व–पश्चिम लोकमार्गमा भएको उक्त दुर्घटनामा मृत्यु हुनेमा गौशाला नगरपालिका वस्ने ३० वर्षिय मनिष कार्की रहेको प्रहरीले जनाएको छ ।

विपरित दिशावाट आएको प्र.२ ०४–००१ प १३२७ नम्बरको मोटरसाइकल र प्रदेश.३ ०३–००१ ज ०२९७ नम्बरको विङगर गाडी एक–आफसमा ठोकिएको हो ।

दुर्घटनामा परी गम्भीर घाइते भएका मनिष कार्कीको सुभस्वस्तिक अस्पतालमा उपचारमा क्रममा मृत्यु भएको प्रहरी नायव उपरिक्षक विजय यादवले जानकारी दिए । विङगर गाडी र सर्लाही हरिवन बस्ने गाडी चालक निरज लामालाइ थप अनुसन्धानको लागि प्रहरीले पक्राउ गरेको छ ।


सम्बन्धित समाचार