Logo

२६ चैत, वीरगञ्ज । मधेश प्रदेश ट्राफिक प्रहरीले चालु आर्थिक वर्षको बितेका ८ महीनामा २ लाख ५ हजार ५१५ सवारीसाधनलाई कारबाही गरेको छ । चालू आर्थिक वर्ष २०७९/८० को फागुन मसान्तसम्ममा उक्त कारबाहीबाट १५ करोड ५७ लाख २६ हजार रुपैया जरीवाना असुल गरिएको मधेश प्रदेश ट्राफिक प्रहरी कार्यालयका वरिष्ठ प्रहरी उपरीक्षक मनोजकुमार यादवले जानकारी दिनुभयो ।

प्रहरीका अनुसार पर्सामा २१ हजार २०० सवारीसाधनलाई कारबाही गरिएको छ जसबाट १ करोड ८९ लाख १२ हजार ५०० रुपैया राजस्व असुली भएको छ । यस्तै बारामा ३४ हजार ३०० सवारीसाधनलाई कारबाही गर्दा ३ करोड १३ लाख ७८ हजार ५०० रुपैया राजस्व संकलन भएको छ ।

यसैगरी रौतहटमा २३ हजार ३ सय ४४ सवारीसाधनको कारबाहीबाट १ करोड ८२ लाख ८२ हजार ५०० रुपैया राजस्व संकलन भएको छ भने सर्लाहीमा २० हजार ४०० सवारीसाधनको कारबाहीबाट १ करोड ४९ लाख २६ हजार र महोत्तरीमा २४ हजार ३ सय सवारीसाधनको कारबाहीबाट १ करोड ८४ लाख ५८ हजार ५०० रुपैया राजस्व असुली गरिएको मधेश वरिष्ठ प्रहरी उपरीक्षक यादवले जानकारी दिनुभयो ।

यस्तै सिरहामा ३७ हजार ५८४ सवारीसाधनलाई कारबाही गर्दा २ करोड ४३ लाख ९२ हजार ५००, सप्तरीमा २३ हजार ५५० सवारीसाधनको कारबाहीबाट १ करोड ५० लाख ३८ हजार र धनुषामा २० हजार ८३६ सवारीसाधनको कारबाहीबाट १ करोड ४३ लाख ३७ हजार ५०० रुपैया राजस्व संकलन भएको प्रदेश ट्राफिक प्रहरी कार्यालयका वरिष्ठ प्रहरी उपरीक्षक यादवले बताउनुभयो ।

 


सम्बन्धित समाचार