Logo

१३ असोज, वीरगञ्ज ।
जिल्ला प्रहरी कार्यालय पर्साले लागु औषधको कारोवार र ओसार पोसारको आरोपमा ८ जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार गण्डक प्रहरी चेक पोष्टमा सवारी साधन चेकजाँच गर्दा वीरगंजबाट परवानीपुर तर्फ जादै गरेको ना. १ घ २८२३ नम्वरको इ रिक्सामा सवार गरेका पाँच जनाको साथबाट नाइटजाकेयर, डाइजेपाम, नुफिन लगायतको लागु औषध फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायव उपरिक्षक प्रदीप गिरीले जनाकारी दिए ।


प्रहरीका अनुसार बारा जिल्ला जितपुर सिमरा उपमहानगर पालिका वडा नंं. १ का बर्ष २६ का उत्तम आचार्य, सोही ठाउँ वस्ने बर्ष २० का अरुण राई, काठमाडौ चन्द्रगिरी नगरपालिका वडा नंं. ४ थानकोट वस्ने बर्ष ३२ को सुविन श्रेष्ठ, भारत मोतिहारी थाना भेलाही घर भई वीरगंज १६ वस्ने बर्ष २७ का ओम प्रकाश महतो र बारा जिल्ला जितपुर सिमरा उपमहानगरपालिका वडा नं. ३ अमलेखगञ्ज बस्ने बर्ष ५० का प्रदीप बोहरा क्षेत्रीलाई लागु औषध सहित पक्राउ गरेको हो ।


इरिक्सामा परवानीपुर तर्फ जादै गरेको अवस्थामा संकास्पद अवस्थामा देखिएकोले चेकजाँच गर्दा उनीहरुले वोकोको कपडाको झोला भित्र लुकाइराखेका अवस्थामा नाइटाकेयर ३ हजार ट्याव्लेट, डाइजेपाम १ हजार ७ सय पिस, नुफिन १ हजार ७ सय पिस गरेर ५ हजार १ सय पिस ट्याव्लेट फेला परेको प्रहरीले जनाएको छ ।
त्यसैगरी वीरगंज महानगरपालिका वडा नं. ३१ को मिलन चोकबाट लागु औषध गाँजा सहित तीन जना मानिसलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
जितपुरबाट विरुवागुठी तर्फ जादै गरेको प्रदेश २(०३(००१ ह ९७५ नम्वरको टेम्पो चेकजाँच गर्दा मकवानपुर राक्सीराङ गाउँपालिका वडा नंं. १ वस्ने बर्ष ३५ का सिमोन चेपाङ, सोही ठाउँ वस्ने निजकी श्रीमति सितामाया प्रजा र इन्द्रमाया चोपाङलाई पक्राउ गरेको हो । उनीहरुको साथबाट झण्डै ६ किलो गाँजा वरामद भएको छ ।
लागु औषधमा प्रहरीले नियन्त्रणमा लिएका ८ जना माथि अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।


सम्बन्धित समाचार