Logo

१० वैशाख,काठमाडौं । सरकारले संसद् अधिवेशन स्थगन गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेसँगै अधिवेशन स्थगित गरिएको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार पठाइएको सिफारिस पत्र शीतल निवास पुगेपछि सोही आधारमा निर्णय भएको हो।

राष्ट्रपति रामचन्द्र पौडेल ले सरकारको सिफारिस अनुसार नै संसद् अधिवेशन स्थगन गर्ने निर्णय गर्नुभएको राष्ट्रपतिको कार्यालय स्रोतले जनाएको छ। ‘सिफारिस पत्रमा जे उल्लेख थियो, सोही बमोजिम निर्णय गरिएको हो,’ स्रोतले बतायो।

यसअघि मन्त्रिपरिषद्कै सिफारिसमा राष्ट्रपति पौडेलले वैशाख १७ गते बिहीबार दिउँसो २ बजेका लागि संघीय संसद्का दुवै सदनको अधिवेशन आह्वान गर्नुभएको थियो। तर, पछिल्लो निर्णयसँगै उक्त अधिवेशन स्थगित भएको हो।

सरकारले अधिवेशन स्थगनको कारण भने सार्वजनिक गरेको छैन।


सम्बन्धित समाचार