Logo

जितपुर बजारको फोहोर उठाउने निर्देशन दिदै जितपुर सिमरा उपमहानगरपालिकाका वडा नं. ७ का अध्यक्ष सुनिल गुप्ता

१३ बैशाख, बारा । बाराको जीतपुर बजारको सरसफाईलाई लिएर सामाजिक सञ्जालमा आलोचना हुन थालेपछि बजार क्षेत्रमा सरसफाई अभियान सञ्चालन गर्न थालिएको छ ।

फोहोर र दुगन्र्धको शहरको रुपमा चिनिएको वीरगञ्ज बजारलाई सुन्दर र सफा शहरको रुपमा परिणत गर्न वीरगञ्ज महानगरको नेतृत्व सफल देखिएको भन्दै जितपुर सिमराका जनप्रतिनिधिको विषयमा सामाजिक सञ्जालमा आलोचना हुन थालेको थियो ।

जनताको आलोचना आउन थालेपछि जीतपुरसिमरा उपमहानगरपालिका वडा नं ७ का वडा अध्यक्ष सुनिल गुप्ताले आफनो प्रत्यक्ष निगरानीमा जितपुर बजारको सरसफाई अभियानलाई प्रमुख कार्यभारको रुपमा अगाडी बढाउन थालेका छन् ।

वडा अध्यक्ष गुप्ता उपमहानगरपालिकाका सफाईकर्मीलाई साथमा लिएर बजार क्षेत्र सफाई अभियानमा जुटेका छन् । जितपुर सिमरा उपमहानगरपालिकाका प्रमुख राजन पौडेल, उपप्रमुख भोला अधिकारी र प्रमुख प्रशासकिय अधिकृत हरिलाल पुरीको साथ सहयोग र निर्देशनमा सरसफाई अभियानलाई अगाडी बढाएको वडा अध्यक्ष गुप्ताले बताए ।

जितपुर बजारमा देखिएको फोहोर व्यवस्थापनको समस्या प्रति मेयर राजन पौडेल चिन्तित रहेको र यसलाई सफा सुन्दर नगर बनाउन सक्दो योगदान गर्ने अठोट समेत लिनु भएकोले आफूलाई राम्रो काम गर्न हौसला मिलेको वडा अध्यक्ष गुप्ताले बताए ।

जितपुरमा रहेका विभिन्न राजनीतिक दलका प्रतिनिधि, उद्योगी, व्यवसायी र स्थानीय नागरिकहरुले समेत जितपुरलाई फोहोर मुक्त बजारको रुपमा विकास गर्न सहमत देखिनु भएकोले सरसफाई अभियानलाई तिव्ररुपमा अगाडी बढाइने वडा नंं ७ का अध्यक्ष गुप्ताले जानकारी दिए ।

अब जीतपुरलाई धेरै समय फोहरमा रहन दिदैनौ । जीतपुरको सरसफाई निरन्तर चलिरहन्छ, वडा अध्यक्ष गुप्ताले भने । जीतपुरसिमरा उपमहानगरपालिकाको जीतपुर बजारमा फोहोर व्यवस्थापन नभएको कारण दैनिकी बजार गर्न आउनेको संख्या समेत घटदो क्रममा रहेको व्यापारीको गुनासो आइरहेको उनको भनाई थियो । ।

जीतपुरको माछाबजार ,तरकारी बजार ,मिना बजार, मुख्य मार्ग लगायतका ठाउँहरुमा आफै फोहर बोक्ने टिपर र ट्याक्टरसँग घुमेर फोहर हाल्न वडा अध्यक्ष गुप्ताले लगाएका थिए । उनले हाँत जोड्दै ब्यपारिहरुलाई फोहर डस्टबिन वा फोहर भाडोमा राख्न अनुरोध गरेका थिए ।

वडा अध्यक्ष गुप्ताले सरसफाईले ब्यक्ति ,ठाउँ वा सँस्थाको परिचय दिने भएकाले जीतपुरलाई सफासुग्धर वडाको रुपमा बिकास गर्नमा सहयोग गर्न व्यवसायीलाई अपिल गरेका थिए । सबैको सल्लाहसुझाव अनुसार सरसफाईको बिभिन्न कार्यक्रमहरु वडाले घोषणा गर्दै जाने वडा अध्यक्ष गुप्ताले जानकारीदिए ।

 

सफाईकर्मीको साथमा जितपुर सिमरा उपमहानगरपालिकाका वडा नं. ७ का अध्यक्ष सुनिल गुप्ता


सम्बन्धित समाचार