Logo

३१ असोज,वीरगञ्ज ।
संस्कृतिविद् एवं शताब्दी पुरुष सत्यमोहन जोशीको निधनको शोकमा सरकारले मंगलबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गृह मन्त्रालयले सोमबार एक विज्ञप्ति जारी गर्दै राज्यभरका सबै सरकारी कार्यालय, सार्वजनिक संघ संस्थाहरू, विदेशस्थित कूटनीतिक नियोगहरूमा बिदा दिने निर्णय गरेको हो ।

शताव्दी पुरुष जोशीको १०३ वर्षको उमेरमा आइतबार विहान निधन भएको थियो । गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले एक विज्ञप्ति जारी गरी २०७९ कात्तिक १ गते मंगलवारका दिन देशभर सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी दिए ।

उनको निधनको शोकमा देशभरका सरकारी कार्यालय, सार्वजनिक संघसंस्था र विदेशस्थित कुटनीतिक नियोगमा राष्ट्रिय झण्डा झुकाउने निर्णय भएको पोखरेलले बताए ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठले शताब्दीपुरुष सत्यमोहन जोशी राष्टको सम्मानीत व्यक्तित्व भएकोले उहाँको निधनको शोकमा एक दिन सार्वजनिक बिदा दिने घोषणा गरेका थिए ।


सम्बन्धित समाचार