Logo

१ कार्तिक, वीरगन्ज । वीरगन्ज महानगरपालिका वडा नम्बर १४ मा रहेको नृसिंह माध्यामिक विद्यालयलाई तत्काल शुल्क नलिन उच्च अदालतको अस्थायी इजलास वीरगन्जले आदेश दिएको छ ।

विद्यालय विरुद्ध परेको उत्प्रेष्णको मुद्दामा आर्थिक सहयोग नलिन उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्जले तत्कालका लागि विद्यालयका विद्यार्थी र अभिभावकहरुसँग कुनै किसिमको शुल्क नलिन लिन नलगाउन आदेश गरेकोे हो ।

निवेदक कृष्ण कुमार कुर्मी समेतले उत्प्रेषणको परमादेशका लागि दायर गरेको रिटमा सुनुवाई गर्दै उच्च अदालतको अस्थायी इजलास वीरगन्जका न्यायधीश प्रकाश पौडेलको इजलासले नृसिंह माध्यामिक विद्यालय पिपरामठ वीरगन्ज १४ को विषयमा के भएको हो ? त्यसको जानकारी दिनका लागि बाटोको म्याद बाहेकको तोकिएको मितिमा उपस्थित हुन आदेश दिएको छ ।

आदेशमा अंग्रेजी माध्यममा अध्ययन गर्ने छात्रछात्राहरुको अध्ययन अध्यापनसँग सम्बन्धित देखिएको हुँदा निवेदक र विपक्षी दुवैपक्षहरु राखी छलफलका लागि कार्तिक १६ गतेको लागि पेशी तोकेको छ ।


सम्बन्धित समाचार