Logo

फाइल तस्बिर

१५ कार्तिक, नवलपुर। नवलपरासीको सुस्ता स्थित नारायणी नदिको घोलमा डुङ्गा पल्टिँदा तीन जनाको घटनास्थलमा मृत्यु भएको छ भने दुई जना घाइते भएका छन ।

जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी उपरिक्षक ऋषिराम कँडेलका अनुसार सुस्ता गाउँपालिका वडा नं.४ को नर्सहीस्थित नारायणी नदीको घोलमा डुङ्गा पल्टिँएको हो । डुङ्गा पल्टिँदा सुस्ता गाउँपालिका वडा नंं. ४ का २२ वर्षीय गुड्डु हरिजन, सोही स्थानका १८ वर्षीय नीरज हरिजन र १८ वर्षीय रञ्जित गुप्ताको मृत्यु भएको प्रहरी उपरिक्षक कँडेलले बताउनु भयो ।

डुङ्गामा सवार दुई जना नदीमा डुबेर घाइते भएका छन् । घाइते हुनेमा २२ वर्षीय किशोर हरिजन र सोहित सहानी छन् । उनीहरूलाई उपचारका लागि भैरहवा लगिएको छ ।


सम्बन्धित समाचार