Logo

१७ पुष, वीरगञ्ज । नेपाल चिकित्सक संघको आसन्न निर्वाचनमा वीरगञ्जका वरिष्ठ फिजिसियन डा. निरज सिंहले केन्द्रीय कार्यकारिणी समितिको उपाध्यक्षमा उम्मेदवारी दिने भएका छन् ।

वीरगञ्ज कार्यक्षेत्र बनाएर चिकित्सा क्षेत्रमा २ दशकदेखि कार्यरत डा.सिंहले चिकित्सकहरुको हकहितका लागि केन्द्रीय कार्यकारिणी समितिको उपाध्यक्ष र मधेश प्रदेश संयोजकका लागि उम्मेदवारी दिएका हुन ।

निवर्तमान सहसचिव समेत रहेका सिंहले कोभिड महामारीका बेला गरेको उत्कृष्ट कार्यले उनी देशभित्र मात्रै नभई विश्वभर चर्चित बन्नुभएको थियो ।

वीरगञ्जको नारायणी अस्पतालमा कार्यरत सिंहलाई कोभिड १९ को महामारीमा अग्रपंक्तिमा खटिएर निभाएको भूमिकाको प्रशंसा गर्दै नेपाल सरकारले प्रबल जनसेवा श्री चतुर्थ श्रेणीबाट विभुषित समेत गरेको छ ।

स्वास्थ्य क्षेत्रमा निरन्तर सक्रिय रहेर सामाजिक उत्तरदायीत्व बहन गर्ने एवं कर्तव्यनिष्ठ रहनुभएका सिंहलाई राष्ट्रपति विद्या देवी भण्डारीले पदकबाट सम्मानित गरेका थिइन् ।

लोकतान्त्रिक समूहबाट उपाध्यक्षको उम्मेदवार दिनुभएको सिंहले चिकित्सकको हकहित र चिकित्सा क्षेत्रको विकासका लागि आफू सँधै प्रतिबद्ध रहेको र त्यसैलाई संस्थागत गर्न आफूले उम्मेदवारी दिएको डा. सिंहले बताए ।


सम्बन्धित समाचार
भर्खरै