Logo

२४ वैशाख, वीरगञ्ज । नारायणी अस्पताल वीरगन्जको आकस्मिक कक्षमा कार्यरत एक जना अहेब पक्राउ परेका छन् ।

उनी ट्रेनिङ्गमा आएका छात्रासँग दुव्र्यवहार गरेको आरोप छ । विभिन्न शैक्षिक संस्थाबाट अन द जब ट्रेनिङ्ग (ओजेटी) का रूपमा आउने छात्राहरूलाई ती अहेब कर्मचारीले राम्रो अंक दिने प्रलोभन देखाई अनैतिक कृयाकलाप गर्न खोजेको छात्राहरुले आरोप लगाएका छन् ।

उनीमाथि ओजेटीमा आएका दुई जना छात्रासँग यौन प्रस्ताव राख्दै दुर्व्यवहार गरेको आरोप लागेको छ । आरोप लागेका अहेब उपर दुवै जना छात्राहरूले जिल्ला प्रहरी कार्यालय पर्सामा आइतबार निवेदन दिएपछि प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ ।

आरोप पुष्टि नभएको र अहिले अनुसन्धानका लागी नियन्त्रणमा राखिएको कारण प्रहरीले उनको नाम खुलाउन चाहेनन् ।

उनी प्रहरी हिरासतमा रहेको पुष्टि जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवम प्रहरी नायब उपरिक्षक कुमार विक्राम थापाले गरे ।

“छात्राले समान्य निवेदन दिएका छन्, त्यसकै आधारमा उनलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको छ । तर जाहेरी पनि छैन र आरोप पुष्टि हुने कुनै आधार अहिले सम्म देखिएको छैन” थापाले भने ।


सम्बन्धित समाचार