Logo

२९ जेठ, वीरगञ्ज । वीरगञ्जमा फेरी बेवारिसे शव फेला परेको छ । वीरगञ्ज महानगरपालिका वडा नम्बर ११ स्थित रामजानकी मठ पछाडि सिर्सिया खोलामा करिब ५१ वर्षिय पुरुषको शव फेला परेको प्रहरीले जनाएको छ ।

सोमबार दिउँसो करिब साढे ३ बजे स्थानियले उक्त बेवारिसे शव देखेपछि प्रहरीलाई खबर गरेकन थिए । उक्त शवको प्रकृति हेर्दा कम्मरमा रातो गम्छा, हरियो सेतो चेक भएको सर्ट, कालो पाइन्ट लगाएको छ ।

मुख चोट समेत देखिएको छ । शव नारायणी अस्पताल वीरगञ्जको शव गृहमा राखी थप अनुसन्धान कार्य भइरहेको पर्सा प्रहरीका प्रवक्ता डीएसपी दीपक भारतीले बताए ।

आईतबार साँझ पनि वीरगञ्ज १६ शंकराचार्य गेट स्थित खुला चौरमा अन्दाजी ३० वर्षका पुरुषको शव फेला परेको थियो ।

यो पनि …

वीरगञ्जमा एक पुरुषको शव फेला


सम्बन्धित समाचार