Logo

९ वैशाख,वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय रौतहट र मातहतका प्रहरी टोलीले भन्सार छली गरी नेपाल भित्र्याउँदै गरेको ठूलो परिमाणको सामान बरामद गरेको छ।
प्रहरीको सक्रियतामा विभिन्न स्थानमा गरिएको सवारी साधन जाँचका क्रममा अवैध रूपमा भारतबाट चोरी पैठारी गरी ल्याउँदै गरेको अन्दाजी २ लाख ३७ हजार ८८५ रुपैयाँ बराबरको सामान बरामद भएको हो।

प्रहरीले बरामद गरेको सामानमा एक थान मोटरसाइकल, विभिन्न प्रकारका किराना सामान, कपडा र मदिरा लगायतका वस्तुहरू रहेका छन्। ती सामानहरूलाई नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि गौर भन्सार कार्यालयमा बुझाइएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

सीमा क्षेत्रमा हुने अवैध व्यापार र भन्सार छलीका गतिविधिहरूलाई निरुत्साहित गर्न रौतहट प्रहरीले देखाएको सक्रियताले गैरकानुनी कार्यमा संलग्न व्यक्तिहरूलाई थप दबाब सिर्जना गरेको छ।


सम्बन्धित समाचार