Logo

९ वैशाख,सिरहा । सिरहा प्रहरीले भारतसँग सीमा जोडिएको क्षेत्रबाट कटुवा पेस्तोलसहित दुईजना भारतीय नागरिकलाई पक्राउ गरेको छ।

जिल्लाको बरियारपट्टी गाउँपालिका–१ स्थित प्रहरी चेकपोस्टमा खटिएको टोलीले भारततर्फ जाँदै गरेको मोटरसाइकल जाँच गर्ने क्रममा उनीहरुको साथबाट अवैध हतियार बरामद गरेको जिल्ला प्रहरी प्रवक्ता विरेन्द्र पासवाले जानकारी दिए।

पक्राउ पर्नेमा भारतको मधुबनी जिल्ला ग्रामपंचायत पिपराही वडा नम्बर– २ कल्याणपुर निवासी २५ वर्षीय धर्मेन्द्र सिंह र २२ वर्षीय प्रिन्स सिंह रहेका छन्। प्रहरीले उनीहरुको साथबाट एक थान कटुवा पेस्तोल र एक थान गोली बरामद गरेको प्रवक्ता पासवाले बताए।

हतियारसहित पक्राउ परेका दुबै जनालाई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सिरहाको हिरासतमा राखिएको छ। प्रहरीले उनीहरुको साथबाट नम्बर प्लेट नभएको हिरो कम्पनीको मोटरसाइकलसमेत बरामद गरेको छ।

प्रहरीले पक्राउ परेका दुबैजनामाथि जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी थप अनुसन्धान अगाडि बढाएको जनाएको छ।


सम्बन्धित समाचार