Logo

 

२४ असोज, काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले नेकपा एमाले सम्बद्ध युवा संघ लाई राजधानीमा कुनै पनि प्रकारको मोटरसाइकल र्‍याली, जुलुस वा सभा आयोजना गर्न रोक लगाएको छ।

युवा संघले शनिबार काठमाडौँमा प्रदर्शनको तयारी गरिरहेका बेला प्रशासनले यस्तो निर्णय गरेको हो । जिल्ला प्रशासन कार्यालयले शान्ति सुरक्षा कायम राख्न र कानुनी व्यवस्था उल्लंघन हुन नदिन भन्दै युवा संघको कार्यक्रममा रोक लगाएको जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेल ले जिल्लाभर कुनै पनि समूह वा सङ्गठनलाई र्‍याली, जुलुस र सभा जस्ता कार्यक्रम गर्न अनुमति नदिएको स्पष्ट पार्नुभएको छ । यो निर्णय हालको संवेदनशील राजनीतिक तथा शान्ति सुरक्षाको अवस्था लाई ध्यानमा राखेर गरिएको बताइएको छ। प्रशासनको यो निर्णयसँगै युवा संघले घोषणा गरेको शनिबारको कार्यक्रम स्थगित हुने भएको छ।

 


सम्बन्धित समाचार