९ कात्तिक, काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासमा नेपाली बजारमा सुन आयातले उच्च दरमा वृद्धि हासिल गर्दै गत आर्थिक वर्षको सोही अवधिको ११३।५ किलोको तुलनामा झन्डै छ गुणाले बढेर ६०६ किलो पुगेको भन्सार विभागको तथ्याङ्कले देखाएको छ, जसमध्ये ६०१ किलो काँचो सुन र करिब ५ किलो सुनका गहना रहेका छन् ।
गत वर्ष आर्थिक गतिविधिमा सुस्तता आउँदा र आयात कोटा पनि थोरै हुँदा सुन आयात कम भएको देखिएको थियो भने यस वर्ष सुनको भाउमा आएको निरन्तर सुधारले लगानीकर्तालाई आकर्षित गर्नु, बजारमा देखिएको अधिक माग र न्यून आपूर्तिलाई सम्बोधन गर्न सरकारले दैनिक आयात कोटा २० किलोबाट २५ किलो पुर्याउनु र विदेशी मुद्रा सञ्चितिमा आएको सुधारलाई समेत सुनको लगानीतर्फ परिचालन गरिनु आयात बढ्नुका प्रमुख कारण मानिएको छ ।
यो अभूतपूर्व आयातले सरकारको राजस्व आम्दानीमा समेत उल्लेख्य योगदान पुर्याएको छस चालु त्रैमासमा मात्रै १० अर्ब २५ करोड रुपैयाँ बराबरको काँचो सुन आयात हुँदा सरकारले १ अर्ब २ करोड रुपैयाँ राजस्व संकलन गरेको छ भने ७ करोड १५ लाख रुपैयाँ बराबरको सुनका गरगहना आयातबाट करिब ३४ लाख रुपैयाँ राजस्व प्राप्त भएको छ ।

















