Logo

१८ असोज, काठमाडौं । गत साता तोलामा १७ हजार दुईसय रुपैयाँ घटेको सुनको मूल्य आज पनि घटेको छ ।

सुनको मूल्य आज तोलामा एक हजार चारसय रुपैयाँ घटेर दुई लाख ३८ हजार तीनसय रुपैयाँ कायम भएको हो । आइतबार र सोमबार सुनको मूल्य तोलाको दुई लाख ३९ हजार सातसय रुपैयाँमा स्थिर रहेपनि आज घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सुनको मूल्य गत शुक्रबार र आइतबार दुई दिनमा तीन हजार चारसय रुपैयाँ बढेको थियो। त्यसअघिका चार दिनमा १७ हजार दुईसय रुपैयाँ घटेको सुनको मूल्य आज पनि घटेको हो । गत असोज १९ गतेदेखि असोज ३० गतेसम्म (१३ दिनको अवधिमा) सुनको मूल्य तोलामा ३४ हजार आठसय रुपैयाँ बढेको थियो । गत वर्षको मंसिर १० गते एकैदिन सुनको मूल्य तोलामा १५ हजार नौसय रुपैयाँले घटेको थियो ।

आज चाँदीको मूल्य पनि घटेको छ । तोलामा ४५ रुपैयाँ घटेर चाँदीको मूल्य आज तोलाको तीन हजार १५ रुपैयाँमा झरेको महासंघले जनाएको छ।


सम्बन्धित समाचार