Logo

२० कात्र्तिक, काठमाडौं । नेपाल सरकार चालु आर्थिक वर्षको पहिलो त्रैमासमा लक्ष्यअनुसार राजश्व सङ्कलन गर्न असफल देखिएको छ ।

अर्थ मन्त्रालयको तथ्याङ्क अनुसार, असोज मसान्तसम्ममा ३ खर्ब २१ अर्ब रुपैयाँ राजश्व उठाउने लक्ष्य राखिएकोमा जम्मा २ खर्ब ४९ अर्ब रुपैयाँ मात्रै सङ्कलन भएको छ, जुन लक्ष्यभन्दा करिब ७२ अर्ब रुपैयाँ कम हो । सङ्कलित राजश्वको वृद्धिदर गत आर्थिक वर्षको सोही अवधिको तुलनामा झिनो ० दशमलव ३२ प्रतिशतले मात्र बढेको पाइएको छ, जसले सरकारी निकायहरू राजश्व सङ्कलनमा प्रभावकारी रूपमा नलागेको स्पष्ट संकेत गर्छ ।

भन्सार महसुल, मूल्य अभिवृद्धि कर (भ्याट), अन्तशुल्क र आयकर लगायतका सबै प्रमुख शीर्षकहरूमा लक्ष्य भेट्टाउन नसकेको मन्त्रालयको तथ्याङ्कले देखाउँछ । पहिलो त्रैमासमै राजश्वको लक्ष्य नभेट्नुले अबका दिनमा सरकारलाई दैनिक ३ खर्ब हाराहारीको चालु खर्च धान्न समेत राजश्वले नपुग्ने र आर्थिक सन्तुलनमा गम्भीर चुनौती आउन सक्ने खतरा बढेको छ ।


सम्बन्धित समाचार