Logo

२९ कात्तिक,काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ)ले देशभरका कलेजमा निर्वाचित स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) अध्यक्ष, पदाधिकारी र सदस्यहरूको प्रतिनिधिमूलक साझा संस्थाका रूपमा ‘स्ववियु परिषद्, नेपाल’ गठन गरेको घोषणा गरेको छ।

नवगठित परिषद्को पहिलो अधिवेशन मंसिर ११, १२ र १३ गते त्रिभुवन विश्वविद्यालय परिसरमा हुने नेविसंघले जनाएको छ।

अधिवेशन व्यवस्थापनका लागि राज थिएवेको संयोजकत्वमा ७ सदस्यीय समिति गठन गरिएको छ। नेविसंघले स्ववियु परिषद् गठनलाई विद्यार्थी नेतृत्वबीच समन्वय र सञ्जाल विस्तारको महत्वपूर्ण कदमका रूपमा व्याख्या गरेको छ।


सम्बन्धित समाचार