Logo

४ मंसिर,काठमाडौं ।अखिल (क्रान्तिकारी) का जम्मा पाँच पदाधिकारी मात्र पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको नेकपाबाट अलगिएर जनार्दन शर्मा नेतृत्वमा खुलेको ‘प्रतिशील राष्ट्रिय अभियान’ पक्षमा उभिएका छन्।

आज पेरिसडाँडामा बसेको अखिल (क्रान्तिकारी) पदाधिकारी बैठकमा पाँच विद्यार्थी नेता अनुपस्थित रहे – उनीहरू नै अहिले शर्मा पक्षमा खुलेका नेता मानिएका छन्। बैठकमा स्वयं नेकपा संयोजक प्रचण्ड समेत उपस्थित रहे।

शर्माको पक्षमा खुलेका नेतामा उपाध्यक्ष सन्दीप पुन, महासचिव रोशन थापा मगर, उपमहासचिव जटिल कार्की र निर्मला गौतम, तथा सचिव सम्झना राई रहेका छन्।

३३ सदस्यीय अखिल पदाधिकारीमा अधिकांश व्यक्तिहरू पूर्वमा शर्मानिकट मानिँदै आएका थिए। तर शर्मा पार्टी छाडेर छुट्टै अभियानमा लागेको घोषणा गरेपछि अपेक्षित समर्थन नपाएको देखिएको छ।

आजको पेरिसडाँडाको बैठकमा शक्ति बस्नेत, हिमाल शर्मा लगायतका नेताहरू समेत सहभागी रहे।

अखिल क्रान्तिकारीभित्र नेतृत्व र लाइनको विवाद तीव्र बन्दै गए पनि बहुमत पदाधिकारीले अझै प्रचण्ड नेतृत्वकै पक्षमा रहन चाहेको संकेत यस घटनाबाट झल्किएको देखिन्छ।


सम्बन्धित समाचार