१४ जेठ, काठमाडौं । केही समययता उकालो लाग्दै आएको सुनको मूल्यमा बिहीबार ठूलो गिरावट देखिएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्यमा प्रतितोला साढे ५ हजार रुपैयाँले कमी आएको हो । बुधबार प्रतितोला २ लाख ९० हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज घटेर २ लाख ८५ हजार रुपैयाँमा कायम भएको छ ।
सुनको मूल्यमा आएको यो गिरावटसँगै चाँदीको भाउमा पनि उच्च कमी आएको छ । महासंघका अनुसार चाँदीको मूल्यमा प्रतितोला २१५ रुपैयाँले घट्दा आज कारोबार मूल्य ४ हजार ८६५ रुपैयाँ तोकिएको छ । केही दिनयता अस्थिर रहेको बहुमूल्य धातुको बजारमा आएको यो पछिल्लो फेरबदलले लगानीकर्ता र उपभोक्ता दुवैमा चासो बढाएको छ ।


















