Logo

१२ साउन,वीरगञ्ज । नारायणी अस्पतालमा उपचारका क्रममा मृत्यु भएका राजकुमार पटेलको घटनालाई लिएर उनका आफन्त तथा स्थानीयले मंगलबार बिहान चिकित्सकमाथि कारबाहीको माग गर्दै विरोध प्रदर्शन गरेका छन्।

मंगलबार बिहान ६ बजेदेखि १० बजेसम्म प्रदर्शनकारीले वीरगञ्जस्थित ड्राइपोर्ट सडकमा चक्काजाम गर्दै विरोध जनाएका हुन्। उनीहरूले उपचारमा संलग्न चिकित्सकमाथि छानबिन गरी आवश्यक कानुनी कारबाही गर्न माग गरेका छन्।

राजकुमार पटेलको गत शनिबार उपचारका क्रममा मृत्यु भएको थियो। उपचारमा लापरबाही भएको आरोप लगाउँदै आक्रोशित आफन्त र स्थानीयले त्यसदिन नारायणी अस्पतालको आकस्मिक कक्षमा तोडफोडसमेत गरेका थिए।

घटनापछि अस्पताल परिसर तथा आसपासको क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ। प्रदर्शनकारीले निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही नभएसम्म आन्दोलन जारी रहने चेतावनी दिएका छन्।

यो पनि पढ्नुहोस :-

बिरामीको मृत्यु भएपछि नारायणी अस्पतालमा तोडफोड,आकस्मिक कक्षमा तनाव

नारायणी अस्पतालमा बिरामीको मृत्यु भएपछि तनाव, छानबिन गर्न समिति गठन

नारायणी अस्पताल घटनास् पाँच स्वास्थ्यकर्मी जिम्मेवारीबाट हटाइए,छानबिन गर्न समिति गठन

नारायणी अस्पताल घटनाको विरोधमा पोखरिया अस्पतालमा चिकित्सकको प्रदर्शन,स्वास्थ्यमन्त्रीको राजीनामा माग

नारायणी अस्पतालले भन्यो- सीसीटीभी फुटेजका आधारमा आक्रमणकारीको पहिचान गरी कारबाही गरियोस्

नारायणी अस्पताल घटनापछि चिकित्सक संघको टोली वीरगञ्जमा, दोषीमाथि कारबाही नभएसम्म आन्दोलन जारी राख्ने चेतावनी

प्रशासनसँगको वार्ता विवादमा बदलियो, चिकित्सक आन्दोलितस पर्साका सीडीओ र एसपीमाथि कारबाहीको माग गर्दै उपचार सेवा बन्द

नारायणी अस्पतालका ३० भन्दा बढी चिकित्सकद्वारा सामूहिक राजीनामा,देशभर आकस्मिक बाहेकका सेवा ठप्प

 


सम्बन्धित समाचार