Logo

१५ जेठ, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकमा सुशासन र समृद्धिको जनचाहना सम्बोधन गर्न राज्यसत्ताको चरित्र, आचरण र राजनीतिक निष्ठामा आमूल परिवर्तन आवश्यक रहेको बताएका छन् ।

गणतन्त्र दिवस–२०८३ का अवसरमा आज सैनिक मञ्च टुँडिखेलमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै उनले राजनीतिक परिवर्तनले मात्र नागरिकका अपेक्षा पूरा नहुने उल्लेख गर्दै दल र नेतृत्वलाई बढी जनउत्तरदायी बन्न आह्वान गरे ।

राष्ट्रपति पौडेलले वर्तमान सरकारले अघि सारेको सुशासन, भ्रष्टाचारविरुद्धको शून्य सहनशीलता र आर्थिक सुधारका कदमहरूको सराहना गर्दै यसले जनतामा नयाँ आशा जागृत गराउने विश्वास व्यक्त गरे । शासकीय सुधारका सय कार्यसूचीको कार्यान्वयन र संरचनागत सुधारलाई जोड दिँदै उनले नागरिकले खोजेको ‘सुशासनसहितको समृद्धि’ हासिल गर्न उपलब्ध स्रोतहरूको उच्चतम परिचालन अपरिहार्य रहेको औंल्याए ।

उनले कृषि, पर्यटन, ऊर्जा र औद्योगिक क्षेत्रको सबलीकरणमार्फत आर्थिक विकासलाई नागरिकको जीवनस्तरसँग जोड्नु नै आजको ऐतिहासिक अभिभारा भएको बताए ।


सम्बन्धित समाचार
भर्खरै