Logo

१२ असार, काठमाडौं । नेपाली सुनचाँदी बजारमा मङ्गलबार सुन र चाँदी दुवैको मूल्यमा ठूलो गिरावट आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा छापावाल सुनको मूल्य तोलामा ४,३०० रुपैयाँले घटेर २,८४,२०० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन प्रतितोला २,८८,५०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य घटेसँगै अब १० ग्राम सुनको मूल्य २,४३,६५५ रुपैयाँ निर्धारण गरिएको छ ।

सुनसँगै चाँदीको भाउ पनि सस्तिएको छ । महासंघका अनुसार चाँदीको मूल्य प्रतितोला १३५ रुपैयाँले घट्दै ४,३१० रुपैयाँ पुगेको छ । यसअघि प्रतितोला ४,४४५ रुपैयाँमा बिक्री भइरहेको चाँदीको मूल्य घटेपछि अहिले १० ग्राम चाँदीको मूल्य ३,६९५ रुपैयाँ तोकिएको छ ।


सम्बन्धित समाचार