Logo

२१ असोज, काठमाडौं ।
नेकपा एमालेले सूदुरपश्चिम प्रदेशबाट प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको उम्मेदवार लगभग टुंगो लगाएको छ ।

एमाले स्रोतका अनुसार, डडेलधुरामा एमालेले बीपी कांग्रेसका कर्ण मल्ललाई समर्थन गर्ने निर्णय गरेको छ भने केही प्रदेशसभा सदस्य अन्य दलका लागि छोडिएको छ ।

बाँकी क्षेत्रको उम्मेदवार भने टुंगिएको छ । ती स्रोतका अनुसार, प्रतिनिधिसभा सदस्यमा बाजुरामा कर्ण थापा, बझाङमा ऐन महर, दार्चुलामा गणेश ठगुन्ना, बैतडीमा दामोदर भण्डारी, डोटीमा गौरी ओली, अछाम–१ मा झपट बोहोरा र अछाम–२ बाट यज्ञ बोगटीले टिकट पाएका छन् ।

कञ्चनपुर–१ बाट तारा लामा, २ बाट नरबहादुर धामी र ३ बाट निरु पालले टिकट पाएका छन् । कैलाली–१ मा टपेन्द्र रावल, २ मा झपड रावल, कैलाली ३ मा गौरीशंकर चौधरी, कैलाली ४ मा लेखराज भट्ट र ५ बाट नारदमुनि रानाले टिकट पाएका छन् ।

प्रदेशसभातर्फ पनि उम्मेदवार टुंगिएको छ । तर राप्रपा र जसपासँग वार्ता भइरहेकाले टिकट नखोसिएको अवस्थामा एमालेको निर्णय अव परिवर्तन नहुने स्रोतले बतायो ।

क कसले पाए टिकट ?

बाजुरा प्रतिनिधिसभामा कर्ण थापा, प्रदेशसभा बल्देव रेग्मी र लालबहादुर थापा

बझाङ प्रतिनिधिसभामा ऐन महर, प्रदेसशभामा एलबी रावल र अफिलाल ओखेडा

दार्चुला प्रतिनिधिसभामा गणेश ठगुन्ना, प्रदेशसभामा हरिदेव जोशी र रामदत्त जोशी

बैतडी प्रतिनिधिसभामा दामोदर भण्डारी, प्रदेशसभामा लिलाधर भट्ट र सुरेन्द्र पाल

डडेलधुरा प्रतिनिधिसभामा कर्ण मल्ल ९बीपी कांग्रेस०, प्रदेशसभामा पठानसिंह बोहोरा र गजेन्द्र शाही

डोटी प्रतिनिधिसभामा गौरी ओली, प्रदेशसभामा चक्र मल्ल र टेक बम

अछाम–१ प्रतिनिधिसभामा झपड बोहोरा, प्रदेशसभामा देवबहादुर कुँवर र कृष्णप्रसाद जैसी

अछाम–२ प्रतिनिधिसभामा यज्ञ बोगटी, प्रदेशसभामा भीमबहादुर बिष्ट र शिव उपाध्याय

कञ्चनपुर–१ प्रतिनिधिसभामा तारा लामा, प्रदेशसभामा बीरबहादुर थापा र पल्लव भट्ट

कञ्चनपुर–२ प्रतिनिधिसभामा नरबहादुर धामी, प्रदेशसभामा कृपा राना र बचनबहादुर सिंह

कञ्चनपुर–३ प्रतिनिधिसभामा निरु पाल, प्रदेशसभा मा राप्रपालाई छोड्ने, मा सुरेन्द्र बिष्ट

कैलाली–१ प्रतिनिधिसभामा टपेन्द्र रावल, प्रदेशसभामा द्वारिका न्यौपाने, एउटामा राप्रपालाई छोड्ने

कैलाली २ प्रतिनिधिसभामा झपड रावल, प्रदेशसभामा कमला वली र देवी पाण्डे

कैलाली ३ प्रतिनिधिसभामा गौरीशंकर चौधरी, प्रदेशसभामा जयनारायण जोशी, एउटा राप्रपालाई छोड्ने,

कैलाली ४ प्रतिनिधिसभामा लेखराज भट्ट, प्रदेशसभामा भीम देउवा र हरिसिंह साउद

कैलाली ५ प्रतिनिधिसभामा नारदमुनि राना, प्रदेशसभामा यज्ञ बास्तोला र दुर्गा घिसिङ


सम्बन्धित समाचार