Logo

१७ मंशिर, जीतपुर बारा । सुर्य नेपाल प्रा.लि.ले निर्माण गरेको प्रसुती सेवा केन्द्रको भवन जीतपुरसिमरा उपमहानगरपालिकालाई हस्तान्तरण गरेको छ ।

सूर्य नेपालले सामाजिक उत्तरदायित्व अन्तरगत खर्च गर्ने रकम मध्येबाट ६२ लाखको लागतमा उक्त प्रसुती सेवा केन्द्र निर्माण गरेको हो ।

सुर्य नेपाल प्रा.लि. का उद्योग ब्यवस्थापक सुरेश काजी श्रेष्ठले जीतपुर स्वास्थ्य चौँकीको प्राङ्गनमा निर्माण गरिएको प्रसुती सेवा केन्द्रको साँचो जीतपुर सिमरा उपमहानगरपालिकाका प्रमुख राजन पौडेललाई हस्तान्तरण गरेका हुन । प्रसुती सेवा केन्द्र हस्तान्तरण कार्यक्रममा नगर प्रमुख पौडेलले सुर्य नेपालको कार्यको प्रशंसा गर्दै धन्यबाद दिएका थिए ।

उनले जीतपुर सिमरामा रहेका अन्य उद्योगहरुले पनि आफनो समाजिक उत्तरदायित्व जिम्मेवारीपुर्बक बहन गर्न आग्रह गरेका थिए । उद्योगले कमाएको नाफाको एक प्रतिशत भाग समाजिक क्षेत्रमा खर्च गर्नुपर्ने प्रावधानको बिषयमा जानकारी दिँदै, नगर प्रमुख पौडेलले उद्योग ऐन अनुरुप समाजिक उत्तरदायित्वकोलागि छुट्याएको रकमको ५० प्रतिशत रकम उद्योग भएको स्थानीयतह भित्रै खर्च गर्नुपर्ने वताएका थिए ।

नगर प्रमुख पौडेलले सम्पत्ती कर नतिरी अटेरी गर्ने उद्योगमाथि जीतपुरसिमरा उपमहानगरपालिकाले कार्बाहीको प्रक्रिया अघि बढाउँन लागेको जानकारी दिए । उनले कानुनको पालना नगर्ने उद्योगलाई कार्बाही हुन्छ, त्यसबेला उद्योग बाणिज्य संघलाई डेलिगेसन लिएर नआउँन अनुरोध गरेका थिए ।

सुर्य नेपाल प्रा.लि. का उद्योग ब्यवस्थापक सुरेश काजी श्रेष्ठले जीतपुरसिमरा उपमहानगरपालिकाको बिकासमा सुर्य नेपाल सुरुवाती कालदेखि नै लागेको बताए । उनले जीतपुरमा सेवाग्राहीको चाप बढी तर ठाउँ कम भएको गुनासो सुन्नसाथ यसलाई पहिलो प्राथमिकतामा राखी उपमहानगरपालिकासँगको समन्वयमा प्रसुती सेवा केन्द्र निर्माण गरेको जानकारी दिए ।

उपमहानगरपालिकालाई नमुना उपमहानगर बनाउने उदेश्यले उपमहानगरपालिका क्षेत्रका बिभिन्न गतिबिधिमा सुर्य नेपालले योग्दान दिईरहेको जानकारी दिदै उद्योग व्यवस्थापक श्रेष्ठले बाताबरण दिवसको अवसरमा रातो पुल देखि जीतपुर बजारसम्मको सड्क लेनमा बृक्षारोपण गरी हरियाली बनाउँन योजना रहेको जानकारी गराएका जिए ।

उद्योग ब्यवस्थापक श्रेष्ठले सूर्य नेपालको तर्फबाट चाडै नै पाँचवटा हेमोडाईलेसिस मेसिन जीतपुरसिमरा उपमहानगरपालिकालाई हस्तान्तरण गर्ने तयारीमा रहेको जानकारी गराएका थिए ।

त्यस्तै जीतपुरसिमरा नगर उद्योग बाणिज्य संघका अध्यक्ष मोहन शर्मा लामिछानेले बर्तमान देशको आर्थिक स्थित धरासायी रहेको जानकारी दिँदै सबैले एक अर्कासँग सहकार्य गरी पार लगाउँनुपर्नेमा जोड दिए ।

नगरप्रमुख पौडेलले प्रसुती सेवा केन्द्रको साँचो वडा नं.७ का वडा अध्यक्ष सुनिल गुप्तालाई हस्तान्तरण गरेका थिए । वडा अध्यक्ष गुप्ताले उक्त साँचो जीतपुर स्वास्थ्य चौँकीका ईन्चार्ज प्रबिण झालाई जिम्मा लगाएका छन् ।

सुर्य नेपालले निर्माण गरेको प्रसुती सेवा केन्द्रमा पाँच वटा कोठा, तीनवटा ट्वाईलेट बाथरुम, एक वटा वेटिङ्ग हल र एक वटा सरसफाई रुम १३ सय ५५ बर्ग फिटको क्षेत्रफलमा निर्माण गरेको छ । उक्त भवन ५ महिनाको अवधिमा निर्माण सम्पन्न गरिएको सूर्य नेपाल प्रा.लि.ले जनाएको छ ।

कार्यक्रममा जीतपुरसिमरा उपमहानगरपालिकाको उप प्रमुख भोला अधिकारी, प्रमुख प्रशासकिय अधिकृत चेत कुमार पोख्रेल, सुर्य नेपालका बेदनाथ सुबेदी, सबिन श्रेष्ठ, यज्ञ बहादुर आले, नगर उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष मनोज गुप्ता, निबर्तमान महासचिव शिवजी साह सोनार, कोषाध्यक्ष रामबाबु कलवार लगायतको उपस्थित रहेको थियो ।

नगर उद्योग बाणिज्य संघका निबर्तमान अध्यक्ष संजय कुमार साहले कार्यक्रमको सञ्चालन गरेका थिए भने स्वागत मनतब्य जनस्वास्थ्य प्रबद्र्धन शाखाका प्रमुख रबि भाष्करले गरेका थिए ।

 


सम्बन्धित समाचार