Logo

१८ साउन,वीरगञ्ज । रौतहट प्रहरीले ५ थान सालको गोलिया बरामद गरेको छ । विशेष सुचनाको आधारमा जाँच गर्दा प्रहरीले चन्द्रपुर नगरपालिका वडा नम्बर ६ बेलडीबाट प्रहरीले उक्त सालको गोलिया बरामद गरेको हो ।

इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरबाट खटिएको प्रहरी टोलीले एचआर १४ सि ८६९७ भारतीय नम्बर प्लेटको स्कारपियोबाट २३ दशमलव ५० क्युफिट सालको काठको गोलिया बरामद गरेको प्रहरीले जनाएको छ ।

बरामद काठ र स्करपीयोलाई आवश्यक कारबाहीका लागि डिभिजन वन कार्यालय चन्द्रनिगाहपुरमा बुझाइएको प्रहरीको भनाइ छ ।
बरामद काठसहित गाडीको मूल्यांकन १५ लाख ५१ हजार ७०० रुपैयाँ कायम गरी प्रहरी स्रोतले जानकारी दिएको छ ।


सम्बन्धित समाचार