Logo

२१ साउन, वीरगञ्ज । कटुवा पेस्तोल सहित रौतहटबाट एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्लाको गढीमाई नगरपालिका वडा नम्बर १ समनपुर बस्ने बिरेन्द्र राउत रहेका छन् ।

विशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय गरुडाबाट खटिएको प्रहरी टोलीले राउतको घरमा छापामारी कटुवा पेस्तोल बरामद गरेको प्रहरीले जनाएको छ । घरको आँगनमा झारपातले लुकाइछिपाइ राखेको अवस्थाबाट एक थान कटुवा पेस्तोल फेला पारेको रौतहटकी प्रहरी नायब उपरिक्षक डिएसपी एलिजा गिरीले जानकारी दिइन् ।

पक्राउ परेकामाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।


सम्बन्धित समाचार