Logo

११ पुष, चितवन । चितवनको भरतपुरमा रहेको बोष्टन इन्टरनेशनल कलेजले अंग्रेजी नयाँबर्ष २०२३ को उपलक्ष्यमा सांगीतिक कार्यक्रमको आयोजना गर्नेभएको छ ।
कलेजमा अध्यनरत विद्यार्थीहरुको सक्रियतामा कार्यक्रमको आयोजना गर्न लागिएको बोस्टन इन्टरनेशनल कलेजले जनाएको छ ।

अंग्रेजी बर्षको अन्तिम दिन पुष १६ गते कलेज परिसरमा आयोजना गर्न लागिएको उक्त कार्यक्रममा कलेजका बिद्यार्थीहरुको प्रस्तुती रहने कार्यक्रम रहेको कार्यक्रमका संयोजक किरण क्षेत्रीले बताए ।
उनका अनुसार दिनका २ बजेबाट शुरुभई राती ७ बजेसम्म हुने कार्यक्रममा कलेजका विद्यार्थीहरुले समेत आफ्नो प्रतिभा प्रस्तुत गर्नेछन् । कार्यक्रममा रमाइलो खेल खेलाइने छ ।

बिद्यार्थीहरुको सहभागीतामा म्यूजिकल कार्यक्रम समेत रहेकोले अनौपचारीक पोशाकमा सहभागी हुन विद्यार्थीलाई भनिएको कार्यक्रममा आयोजकहरुले जनाएका छन् । कलेजमा अध्ययनरत विद्यार्थीहरुले समेत गित गाउँने र विभिन्न रमाइलो प्रतियोगितमा सहभागीता जनाउने कार्यक्रम संंयोजक क्षेत्रीले बताए ।

यस्तो खालको सांगीतिक कार्यक्रम हरेक बर्ष गरिदै आएको कलेजले जनाएका छ । अंग्रेजी नयाँ बर्षको आगमनको पूर्व संध्यामा बोस्टन एकोउस्टिक इभ आयोजना गर्न लागिएको हो । यो कार्यक्रम कलेजको छैठौं संस्करणको रुपमा रहेको कार्यक्रमका संयोजक किरण क्षेत्रीले बताए ।

यस्ता कार्यक्रमले बिद्यार्थीहरुलाई खुलेर बोल्न, आफ्ना कुरा निर्धक्क राख्न र आफू भित्र भएको प्रतिभा देखाउन सजिलो हुने भएकोले बिद्यार्थीहरुको व्यक्तित्व विकासमा योगदान हुने अपेक्षा गरिएको संयोजक क्षेत्रीले बताए ।


सम्बन्धित समाचार