Logo

१२ पुष, वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय पर्साले मोटरसाइकल चोरीमा संलग्न ४ जनालाई आज सार्वजनिक गरेको छ ।

मोटरसाइकल चोरीको आरोपमा वीरगञ्ज महानगरपालिका वडा नं. २६ निवासी बर्ष २० का रामप्रवेश पटेल, सोही ठाउँ बस्ने बर्ष २६ का अशोक पटेल, भारत बिहार पुर्वी चम्पारण रतनपुर बस्ने बर्ष १९ को शिवम पाण्डे र वीरगञ्ज महानगरपालिका वडा नंं २४ बस्ने बर्ष २० को आकाश तिवारीलाई प्रहरीले पक्राउ गरि आज सार्वजनिक गरेको हो ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायव उपरिक्षक दिपक गिरीका अनुसार धोबिनी गाउँपालिका वडा नंं ४ बस्ने रामबाबु कुमार गुप्ताको प्र।२(०३(००७ प १७६६ नम्बरको मोटरसाइकल वीरगञ्ज महानगरपालिका वडा नंं। ८ स्थित नेपाल टेलिकम दुरसंचार कार्यालय अगाडी पार्किङ गरी राखिएको अवस्था चोरी गरेको आरोपमा राम प्रवेश पटेललाई पक्राउ गरेका हो ।

वडा प्रहरी कार्यालय बिर्ताको टोलीले पटेललाई पक्राउ गरेको थियो । प्रहरीले मोटरसाइकल चोरीमा संलग्न पटेलको बयानका आधारमा थप तीन जनालाई चोरीको मोटरसाइकल सहित पक्राउ गरेको प्रहरी नायब उपरिक्षक गिरीले जानकारी दिए ।

प्रहरीले पटेलको सूचनाको आधारमा पक्राउ परेका तीन जनाको साथबाट ना ५२ प ५०२४, ना २७ प ७८४७, ना ११ प ११२१, ना ५३ प ७१०६, ना ३७ प ९८१८, ना ४६ प ८६२७ र म।प्र।०३(००८ प ७१८६ नम्बरका ७ थान मोटरसाईकलहरू बरामद गरेको हो ।

उनीहरुलाई चोरी सम्बन्धी कसूरमा पर्सा जिल्ला अदालतबाट ७ दिनको म्याद लिइ थप अनुसन्धान भैरहेको प्रहरी नायब उपरिक्षक गिरीले बताए ।


सम्बन्धित समाचार