Logo

१६पुस,पर्सागढि । पर्सागढि नगरपालिका वडा नम्बर १ गुलेरिया गाउँबाट आज बिहान बनगस्ती टोलिले ४ थान सालको चौपेटा काठ सहित साईकल बरामद गरेको छ ।

सब डिबिजन बन कार्यालय बडनिहारका जम्दार जितबहादुर तमाङ्गको कमान्डमा खटिएको बन गस्ती टोलिले राष्ट्रिय बनबाट चोरी तस्करी गरि ल्याउदै गरेको अवस्थामा ४ थान काँचो सालको चौपेटा करिब २१ क्युफिट काठ र चार थान साईकल बरामद गरेको हो । तस्करहरु भने बन गस्ती टोलिलाई देखेर फरार भएको जमदार तमाङ्गले बताउनुभयो ।

बरामद गरेको काठ र साइकल आवस्यक कार्वाहीको लागि सब डिबिजन बन कार्यालय बडनिहारमा राखिएको छ । तस्करीमा संलग्नहरुको खोजी भईरहेको बताईएको छ ।

चिसो बढे संगै पर्साको राष्ट्रिय बनबाट काचो सालको काठमा चोरि तस्करी बढेको स्थानीय हरुले बताएका छन ।


सम्बन्धित समाचार