Logo

१३ कात्तिक, सिम्रौनगढ । बाराको सिम्रौनगढ स्थित ईलाका प्रहरी कार्यलयले विभिन्न समय र मितिमा नियन्त्रणमा लिएको विष्फोटक पदार्थ (पटाका) नष्ट गरेको छ । भारतबाट लुकाई छिपाई नेपाल भित्र्याएको बिस्फोटक पदार्थ (पटाका) मंगलबार नष्ट गरेको हो ।

प्रहरीले विभिन्न मितिमा बरामद गरेको डेढलाख रुपैया बराबरको बिस्फोटक पदार्थ इलाका प्रहरी कार्यालय अन्तर्गतका खजानी नाका र बसवरिया नाकाबाट नेपाल भित्र्याई रहेको अवस्थामा प्रहरी निरीक्षक नवीन राईको कमाण्डमा गस्तीमा रहेको टोलीले नियन्त्रणमा लिएको थियो । उक्त पटाकाहरुलाई थानाको प्राङ्गणमा खाल्डो खनी पुरेर नष्ट गरेको हो ।

सो अवसरमा सिम्रौनगढ नगरपालिका–६ को वडा अध्यक्ष नन्द किशोर सन्चारकर्मी रामेशवर मेहता, उद्योग वाणिज्य संघ सिम्रौनगढको सचिव हरेन्द्र महतो लगायत उपस्थिति रहेको थियो ।


सम्बन्धित समाचार