Logo

२९ माघ,काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । आज सुन तोलामा छ सय रुपैयाँले बढेर एक लाख ७० हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सोमबार सुन प्रतितोला एक लाख ६९ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य भने घटेको छ । आज चाँदी ३० रुपैयाँले घटेर १ हजार ९४५ रुपैयाँमा कायम भएको महासंघले जनाएको छ । सोमबार चाँदी १ हजार ९७५ रुपैयाँमा कारोबार भएको थियो ।


सम्बन्धित समाचार