Logo

१० माघ, वीरगञ्ज । पर्साको ग्रामिण क्षेत्रबाट लागु औषध गाँजा मोटरसाइकलमा राखेर भारत तर्फ लैजादै गरेको अवस्थामा एक भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।

इलका प्रहरी कार्यालय पोखरियाबाट खटिएको प्रहरी टोलीले पर्साको कालिकामाई गाउँपालिका वडा नंं १ मुडली स्थित सडकखण्डमा सवारी साधन चेकजाँचको क्रममा भारत विहार गोपालगञ्ज थाना जगरी टोला बस्ने बर्ष ५५ को शम्भु सहनीलाई अवैध लागु औषध गाँजा सहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यायल पर्साका प्रहरी नायव उपरिक्षक निर्मल बुढाथोकीले बताए ।

भारतीय नागरिक सहनीले प्रयोग गरेको विआर २८ के ४९१९ नम्वरको हिरोहोण्डा मोटरसाइकलको सिटमुनी फल्सबटम बनाई कालो व्याग भित्र हरियो प्लाष्टिकले बेरीराखेको अवस्थामा ७ केजी लागु औषध गाँजा फेला परेको इलका प्रहरी कार्यायल पोखरियाका प्रहरी निरिक्षक आयुश प्रसाद जोशीले बताए ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायव उपरिक्षक बुढाथोकीका अनुसार अवैध लागु औषध गाँजा सहित भारतीय नम्बरको मोटरसाइकल र शम्भु सहनीलाई नियन्त्रणमा लिई मंगलबार जिल्ला अदालत पर्साबाट अनुसन्धानको लागि ४ दिनको भ्याद लिइएको छ । उक्त घटनामा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


सम्बन्धित समाचार