९ असार,वीरगञ्ज । मधेश प्रदेशका मुख्यमन्त्री सतिश सिंहले वीरगञ्ज एकीकृत जाँच चौकी (आईसीपी) अगाडि मालबाहक ट्रकहरूबाट अवैध रूपमा बढी पैसा उठाउने ढाटमा छापा मारेका छन्। मुख्यमन्त्रीको आकस्मिक निरीक्षणपछि पर्सा प्रहरीले सो ढाटबाट तीन जनालाई नियन्त्रणमा लिएको छ।
मुख्यमन्त्री सिंहले सवारीका नाममा ढाट लगाएर जबर्जस्ती पैसा असुली भइरहेको गुनासो आएपछि उक्त स्थानमा पुगेर अनुगमन गरेका थिए। उनको उपस्थितिमै प्रहरीले अवैध असुलीमा संलग्न व्यक्तिहरूलाई पक्राउ गरेको हो।
यस घटनाले मधेश प्रदेश सरकार अवैध धन्दा नियन्त्रण गर्न र सुशासन कायम गर्न प्रतिबद्ध रहेको सन्देश दिएको छ। प्रहरीले पक्राउ परेका व्यक्तिहरूमाथि थप अनुसन्धान भईरहेको पर्साका प्रहरी प्रमुख गौतम मिश्राले बताए ।घटनाबारे थप विवरण आउन बाँकी रहेको छ ।

















