Logo

२६ फागुन,वीरगञ्ज । चैत ५ गते हुने स्ववियु निर्वाचनका लागि ठाकुरराम बहुमुखी क्याम्पसमा मतदाता अन्तिम नामावली प्रकाशन हुन सकेको छैन ।

हिजो नै अन्तिम नामावली प्रकाशन गर्ने मिति तय भएपनि केही कारणवश अन्तिम नामावली प्रकाशन हुन नसकेको निर्वाचन अधिकृत रोशन लामिछानेले जारी गरेको सूचनामा जनाईएको छ ।

नामावली प्रकाशनको बारेमा स्ववियु निर्वाचनका लागि दर्ता भएका संघ, संगठन, संयुक्त प्यानल र समूहलाई छलफल गर्न अहिले बोलाईएको निर्वाचन अधिकृत लामिछाने बताउनुभयो । उनीहरुसँग अहिले बिहान छलफलपछि अन्तिम नामावली प्रकाशन गरिने उहाँले बताउनुभयो ।


सम्बन्धित समाचार