Logo

२७ फागुन, वीरगञ्ज । नेपाल विद्यार्थी संघ जिल्ला कार्य समिति पर्साले तोकिएकै समयमा स्ववियु निर्वाचन गराउन माग गरेको छ । जिल्ला अध्यक्ष रमेश कुमार यादवले प्रेस विज्ञप्ती जारी गर्दै यस्तो बताएका हुन् ।

भयरहित वातावरणमा चुनाव सम्पन्न गर्नुपर्ने र लोकतान्त्रिक प्रकृया र प्रतिश्पर्धाबाट सबै संगठनहरु समाहित भई चुनाव सम्पन्न गर्नुपर्ने नेवी संघको माग छ । ठाकुरराम बहुमुखी क्याम्पसमा केहि व्यक्तिहरु निहित व्यक्तिगत स्वार्थका निम्ति प्रकाशित मतदाता नामावलीमा एक हजार भन्दा बढी गैर विद्यार्थीको नाम मतदाता नामावलीमा समावेश भएको उहाँको ठहर छ ।

त्यसमा सुधार र छानविन गर्नका लागि क्याम्पस प्रशासन र विधार्थी संगठन बीच सौहादपूर्ण वातावरणमा छलफल भई रहेको बेला केही उछृङखल व्यक्तिहरुको हुलले क्याम्पसको चुनावी वातावरणलाई विथोल्ने अभिप्रायले आगजनी गरेको आरोप नेवि संघले लगाएको छ ।

साथै नेविसंघले फर्जी विद्यार्थी भर्ना गरिएको देखिएकाले त्यसमाथि छानविन गरि दोषीलाई कारबाही गर्न माग गरेको छ । फागुन २६ गते ठाकुरराम क्याम्पसमा प्रकाशित चैत्र ५ गते हुने स्ववियु निर्वाचन लागि विद्यार्थी मतदाता नामावलीमा गैर विद्यार्थीहरुको समावेश गरिएकोप्रति नेविसंघको गम्भिर ध्यानाकर्षण भएको बिज्ञप्तीमा उल्लेख छ ।

नेविसंघका जिल्ला अध्यक्ष रमेश कुमार यादवले फर्जी काम गर्ने कर्मचारीलाई अविलम्व कारबाही गरी विद्यार्थी सगंठनहरुको रोहबरमा नै मतदाता नामावली प्रकाशन गर्न माग गर्नुभएको छ ।


सम्बन्धित समाचार