Logo

२ चैत,वीरगञ्ज । नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य एवम् मधेस प्रदेश सभा सदस्य जंगिलाल रायले आगामी चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी यूनियन निर्वाचनमा अभिमनु चौधरीको टिमले चुनाव जित्ने दाबी गरेका छन् ।

यस क्षेत्रमा कांग्रेस बलियो रहेको र नेपाली कांग्रेसका सवै कार्कताको मनसाय अभिमनु चौधरीको टिमले जित्नु पर्छ भन्ने रहेकाले पनि जित सुनिश्चित रहेको दावी गरे । उनले पार्टी भित्र रहेको मतभेदको अन्त्य गर्न नेतृत्वदायी भुमिका निर्वाह गर्न कांग्रेस सर्लाहीका सभापति सुरेन्द्र प्रसाद सिंहलाई आग्रह गरे ।
कार्यक्रमका प्रमुख अतिथि कांग्रेस नेता रायले आगामी चैत (५, गते हुने स्वतन्त्र विद्यार्थी यूनियन निर्वाचन सन्दर्भमा लालबन्दीमा आयोजित वृहत् कार्कर्ता भेलालाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।

नेपाली कांग्रेसका मधेस प्रदेश सदस्य एवम् सर्लाही स्ववियु निर्वाचन संयोज शर्मिला थापाको सभापतित्वमा सम्पन्न वृहत् भेलाका विष्ट अतिथि कांग्रेस नेता एवम् पूर्व मन्त्री शम्भुलाल श्रेष्ठले एकमत भएर अघि बढ्दा ६२ सालमा जनज्योति क्याम्पसमा नेविसंघले नेतृत्व प्राप्त गरेको बताउदै, एकताबद्ध रुपले अघि बढ्न आग्रह गरेका छन् ।
उनले एकताबद्ध भएर अघि बढे स्ववियु निर्वाचनमा नेविसंघ नेतृत्वले जित्दामात्र सवैको प्रतिष्ठा बढ्ने बताएका छन् । उनले स्ववियु निर्वाचनमा आफ्नो सवै खालको सहयोग रहने बताए ।

नेपाली कांग्रेस सर्लाही सभापति सुरेन्द्र प्रसाद सिंहले अभिमनु चौधरीको टिमले जनज्योति क्यापसमा स्ववियु चुनाव जित्ने विश्वास व्यक्त गरे । उनले पार्टी देखिएको मतभेद अन्त्य गरि एकताबद्ध भएर अघि बढ्नका लागि आफुले पहल गर्ने बताए ।

महाधिवेशन प्रतिनिधि प्रमोद बराल,प्रदेश ९ख०का सभापति सीताराम दाहाल,जिल्ला कार्यसमिति सदस्य भिम बहादुर जर्घा,विश्वामित्र रिजाल, चन्द्रनगर गाउँपालिका अध्यक्ष राजकुमार महतो, प्रदेश सदस्य मदन विश्वकर्मा, प्रशान्त आचार्य लगाएका बक्ताहरूले सवैको ध्यान स्ववियु निर्वाचनमा अभिमनु चौधरीको टिमलाई जिताउने रहेकाले जित सुनिश्चित रहेको बताए । वक्ताहरूे आपसी मनोमालिन्यको अन्त्य गरि पार्टीलाई एक ढिक्का बनाउनुपर्ने तर्क गरे ।

कार्यक्रममा जनज्योति बहुमुखी क्याम्पस पूर्व अध्यक्ष शिव प्रसाद न्यौपानेले आफुहरूले घरघर गएर,नगरपालिका गुहारेर क्याम्प बस,इ (लाइब्रेरी सञ्चालनको व्यवस्था मिलाएको भएपनि अखिल विद्यार्थीहरूले आफुहरूले गरेको भनेर अनर्गल प्रचार गरिरहेकाले त्यसलाई चिर्न आवश्यक रहेको बताउदै,भ्रममा नपर्न विद्यार्थीहरूलाई आग्रह गरे ।

जनज्योति बहुमुखी क्यपसमा र जिल्लाका मलंगवा स्थित सर्लाही क्याम्पस हरिवन स्थित चतुर्भुजेश्वर क्याम्पसमा यही चैत ५ गते स्ववियु निर्वाचन हुदै छ । जनज्योति बहुमुखी क्याम्पसमा सर्लाही लगाए आसपासका सिन्धुली,महोत्तरी,रौतहट,बारा जिल्लाका १००० बढि विद्यार्थी अध्ययनरत छन् ।


सम्बन्धित समाचार