Logo

तस्वीर—विशाल पटेल

५चैत,वीरगञ्ज । वीरगन्ज महानगरपालिकामा भाटभटेनी सुपरमार्केट संचालनमा आउने भएको छ । वीरगञ्ज महानगरपालिका–१४ गण्डक बहुअरीस्थित भाटभटेनी सुपरमार्केट यहि चैत्र ९ गतेदेखि संचालनमा आउने भएको हो ।

मधेश प्रदेशमै पहिलो स्टोरको रुपमा भाटभटेनी संचालन हुनेछ । मधेस प्रदेशमै पहिलो स्टोरका रुपमा वीरगन्जमा चैत ९ गते भाटभटेनी सुपर मार्केटको उद्धघाटन गरिने भाटभटेनीका अध्यक्ष एवम् प्रबन्ध निर्देशक मिन बहादुर गुरुङले जानकारी दिनुभयो । वीरगञ्जमा भाटभटेनीको २४ औँ शाखा विस्तार हुने उहाँले बताउनुभयो ।

उहाँका अनुसार भाटभटेनी सुपर मार्केटको नेपालभरि २३ वटा स्टोर संचालनमा छ । स्वदेशमै सहज र शुलभ मूल्यमा अन्र्तराष्ट्रिय स्तरको सपिङ सेन्टर र अनुभव बटुल्ने उद्देश्यले वीरगञ्जमा समेत सेवा विस्तार गर्न लागिएको गुरुङको भनाई छ । उहाँले देशकै प्रमुख औधोगिक नगरी एवम् मधेश प्रदेशमै एउटा मात्र महानगर रहेको यस वीरगञ्ज महानगरपालिकामा सुपर मार्केटको सेवा सुरु गर्न पाउँदा निकै खुसी लागेको उहाँले बताउनुभयो ।

उहाँका अनुसार स्थानिय उत्पादन, खरिद र बिक्रीका साथसाथै स्वरोजगारलाई विशेष प्राथमिकतामा राखिएको छ । सुपर मार्केटमा दैनिक उपभोगका सामानहरु, लत्ताकपडा, भाडाकुँडा, बच्चाका खेलौनाका सामानहरु, जुत्ताचप्पल, ग्रोसरी लगायतका टिभी, फ्रीज, वासिङस मेशिन जसता सामानहरु समेत एकै ठाँउमा पाईने गुरुङले बताउनुभयो ।

तस्वीर—विशाल पटेल

वीरगञ्जको यस सुपर मार्केटबाट स्थानियमात्र नभई छिमेकी मुलुक भारतका नागरिकले समेत लाभ लिन सक्ने भाटभटेनी सुपर मार्केटका व्यवस्थापक विनोद भट्टराईको विश्वास छ । सुपर मार्केटको उद्धघाटनको अवसरमा ग्रोसरीमा १० प्रतिशत र ईलेक्ट्रोनिक्स सामानमा २० प्रतिशत छुटको समेत व्यवस्था रहेको उहाँको भनाई छ ।

२ बिगाहा १० कठ्ठा जग्गा क्षेत्रफल र २ अर्ब ५० करोडको लागतमा निर्माण गरिएको यस सुपर मार्केटमा २ सय भन्दा बढि स्थानियले रोजगार पाउने अध्यक्ष गुरुङले जानकारी दिनुभयो । साथै अण्डग्राउण्ड बेसमेन्ट पार्किङको समेत सुविधा रहेको गुरुङले बताउनुभयो । यो स्टोर अहिलेसम्मकै सबै स्टोरहरुमध्ये सपिङ स्पेसको हिसाबले सबैभन्दा ठूलो रहेको उहाँको भनाई छ ।


सम्बन्धित समाचार