Logo

६चैत,वीरगञ्ज । चिकित्साशास्त्र अध्ययन संस्थान वीरगंज नर्सिङ क्याम्पसमा स्ववियु निर्वाचन सम्पन्न भएको छ ।आइतवार सम्पन्न निर्वाचनको मतपरिणाम अनुसार अखिल प्यानलसहित विजयी भएको छ ।

अखिलबाट अध्यक्षमा मनीषा चौधरी विजयी भएकी छन् । उनले ९१ मत प्राप्त गरी आफ्नो प्रतिद्वन्द्वी नेविसङ्घकी यामिनी खड्कालाई पराजित गरेकी छन् ।

यसैगरी, सचिवमा अखिलकै सृष्टि तिमिल्सिना, कोषाध्यक्षमा अर्चना गुप्ता र सदस्यमा विवेक रणावत तथा मुन्ना श्रेष्ठ विजयी भएका छन् ।आज भएको निर्वाचनमा कुल मतदातामध्ये दुईजनाबाहेक सबैले मतदान गरेको क्याम्पस प्रशासनले जनाएको छ ।१५६ जना मतदाता रहेको वीरगंज नर्सिङ क्याम्पसमा निर्वाचनमा १५४ जना सहभागी भएका थिए ।

दुईजना बाहिर गएकाले सहभागी हुन नसकेको क्याम्पस प्रशासनले जनाएको छ ।१४ वर्षपछि स्ववियुको निर्वाचन आज भएको हो । यसअघिको निर्वाचनमा यो क्याम्पसमा नेविसङ्घले जितेको थियो ।स्थापनाकालदेखि अखिलले जित्दै आएको यो क्याम्पसमा गएको स्ववियु चुनावमा नेविसङ्घले एकपटक मात्र जितेको हो ।वीरगंजको ठाकुर राम बहुमुखी क्याम्पसमा भने विवादका कारण स्ववियु निर्वाचन जेठ १३ गते सारिएको छ ।साभार—प्रतिक


सम्बन्धित समाचार