Logo

६ चैत, काठमाडौं । नवनिर्वाचित उपराष्ट्रपति रामसहायप्रसाद यादवले सोमबार पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।

राष्ट्रपति भवन शीतल निवासमा आयोजना गरिएको विशेष कार्यक्रमबिच राष्ट्रपति रामचन्द्र पौडेलले यादवलाई शपथ गराउनु भएको हो ।

समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालगायतको उपस्थिति रहेको थियो ।यादव गत चैत ३ गते उपराष्ट्रपतिमा निर्वाचित भएका थिए ।


सम्बन्धित समाचार