Logo

८ चैत,वीरगञ्ज । पर्साको ११ वटा पालिकाका सामुदायिक विद्यालयमा अध्ययनरत कक्षा ९ का विद्यार्थीलाई ज्योमेट्री बक्स र झोला वितरण गरेको छ ।

वीरगंजमा रहेको त्रिजुद्द माध्यमिक विद्यालयलमा मधेश प्रदेश शिक्षा विकास निर्देशनालयले शैक्षिक किट वितरण कार्यक्रम अन्र्तगत ज्योमेट्री बक्स र झोला वितरण गरेको हो । पर्साको १४ वटा पालिकामध्ये ११ वटा पालिकामा रहेका विद्यालय अन्र्तगत कक्षा ९ मा अध्ययनरत विद्यार्थीलाई एक कार्यक्रमको आयोजना गरि सामग्री वितरण गरिएको हो ।

कार्यक्रमको उद्धघाटन मधेश प्रदेशका शिक्षा तथा वाण्ज्यि मन्त्री महेश प्रसाद यादवले गर्नुभएको थियो । कार्यक्रममा प्रदेश शिक्षा विकास निर्देशनालयका निर्देशक चुडामणी पोख्रेल, त्रिजुद्द माध्यमिक विद्यालयका प्रधानाध्यापक हरेन्द्र प्रसाद कुर्मी, वीरगंज महानगरपालिकाका शिक्षा शाखा प्रमुख अरविन्दलाल कर्ण र पर्साका ११ वटा पालिकामा रहेका विद्यालयका प्रधानाध्यपकको उपस्थिती रहेको थियो ।

वीरगंज महानगरपालिका, पोखरीया नगरपालिका र सखुवाप्रसौनी गाउँपालिका अन्र्तगतका विद्यालयमा वितरण गरिने सामग्री भन्सारमै रहेकाले ११ वटा पालिकामा मात्र वितरण गरिएको शिक्षा विकास निर्देशनालयका निर्देशक चुरामणी पोख्रेलले बताउनुभयो ।

मधेश प्रदेशको सप्तरी जिल्लाबाट सुरु गरिएको ज्योमेट्री बक्स र झोला वितरण कार्यक्रम पर्सामा आएर समापन गरिएको उहाँले बताउनुभयो । कार्यक्रममा त्रिजुद्द माध्यमिक विद्यालयका प्रधानाध्यपक हरेन्द्र प्रसाद कुर्मीले विद्यालयमा विद्यार्थीको संख्या बढिरहेको तर शिक्षकको दरबन्दी नरहेकाले पठन पाठनमा समस्या भईरहेको बताउनुभयो ।


सम्बन्धित समाचार