Logo

२९ कात्तिक,वीरगञ्ज ।वीरगञ्ज महानगरपालिका–२४, रामगढवामा रामगढवा एकता युवा क्लबद्वारा आयोजित खुला रक्तदान कार्यक्रम सम्पन्न भएको छ। सामाजिक उत्तरदायित्व र मानव सेवाको भावना बोकेको कार्यक्रममा ६ महिलासहित ८१ जनाले रक्तदान गरेका क्लबका प्रतिनिधि त्रिलोकी पटेलले जानकारी दिए।

रक्तदान गर्नेहरूमा नितेश पटेल, जितेन्द्र पटेल, धिरज पटेल, प्रेमचन्द्र पटेल, प्रविण देवी, खुुश्बु कुमारी, लक्ष्मी कुमारी, रमिता देवीलगायत स्थानीय युवाहरू सक्रिय रूपमा सहभागी भएका थिए।

कार्यक्रमका प्रमुख अतिथिका रूपमा नेपाल सरकारका पूर्व कानुन मन्त्री अजय कुमार चौरसियाले उद्घाटन गरेका थिए। विशिष्ट अतिथिका रूपमा मधेश प्रदेशका सांसद श्याम पटेल, जिल्ला प्रहरी कार्यालयका एसपी सुदिप राज पाठक, सशस्त्र प्रहरी उपरीक्षक पुरन चन्द्र भट तथा समाजसेवी रोशन प्रसाद कुर्मीको सहभागिता उल्लेखनीय रह्यो।

अतिथिहरूले नियमित रक्तदानले जीवनरक्षामा महत्वपूर्ण योगदान पुर्‍याउने उल्लेख गर्दै क्लबले निरन्तर सञ्चालन गर्दै आएको सामाजिक सेवामूलक अभियानको प्रशंसा गरे।

कार्यक्रममा स्थानीय युवा, समाजसेवी, स्वास्थ्यकर्मी तथा सर्वसाधारणको उत्साहजनक सहभागिता रहेको आयोजकले जनाएको छ। साथै, रामगढवा एकता युवा क्लबले आगामी दिनमा पनि सामाजिक तथा सेवा–मुखी कार्यक्रमहरू निरन्तर सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।


सम्बन्धित समाचार