Logo

७ मंसिर, काठमाडौँ । तत्कालीन नेकपा (माओवादी केन्द्र) परित्याग गरेर जनार्दन शर्माले गठन गरेको प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)ले आज ‘बृहत् एकता घोषणा सभा’ आयोजना गर्दैछ। कार्यक्रम बिहान ११ बजे प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहमा हुने पार्टीले जनाएको छ।

शर्माको नेतृत्वमा खुलेको प्रलोपा, पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईद्वारा स्थापना गरिएको नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) छोडेका सन्तोष परियारबीच २८ कात्तिकमा भएको सहमतिअनुसार एकता घोषणा सभा तय भएको हो ।

सहमतिको दस्तावेजअनुसार देशविदेशमा रहेका प्रगतिशील, लोकतान्त्रिक, वामपन्थी र देशभक्त शक्तिहरू विशेषगरी जेनजी पुस्तालाई बृहत् राजनीतिक पुनर्संरचनाको अभियानमा सहभागी हुन आह्वान गरिएको छ ।


सम्बन्धित समाचार
भर्खरै