Logo

२ असोज, वीरगञ्ज ।
राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर पर्साका १४ वटा पालिकामा संचालित सामुदायिक विद्यालयको भौतिक पूर्वाधारका लागि १६ करोड ३४ लाख बजेट विनियोजन गरिएको छ ।
शिक्षा, बिज्ञान तथा प्रविधि मन्त्रालयले बुधवार जारी गरेको विज्ञप्तीमा पर्साका ६२ वटा सामुदायिक विद्यालयको भौतिक पूर्वाधारका लागि उक्त रकम छुट्टाएको उल्लेख गरिएको छ ।
मन्त्रालयका अनुसार वीरगंज महानगरपालिका अन्तरग १२ वटा सामुदायिक विद्यालयका लागि ३ करोड १२ लाख बजेट बिनियोजन गरिएको छ । जसमा ४ कोठे भवन निर्माणका लागि ४ वटा विद्यालय, २ कोठे भाव निर्माणका लागि ५ वटा विद्यालय र विज्ञान प्रयोगशालाका लागि ३ वटा विद्यालय छनौट गरि उक्त रकम विनियोजन गरिएको हो ।
त्यसैगरी पर्सागढी नगरपालिकाको लागि २ वटा माध्यामिक र २ वटा आधारभूत विद्यालयमा ४ कोठाको एउटा, २ कोठाको एउटा र दुई वटा विद्यालयमा विज्ञान प्रयोगशाला निर्माणका लागि ८० लाख ५० हजार रकम छुट्टाएको छ । पोखरीया नगरपालिकाका ५ वटा आधारभूत विद्यालयका लागि एउटा ४ कोठे र ३ वटा विद्यालयमा २ कोठे तथा एउटामा विज्ञान प्रयोगशाला ल्याव निर्माण गर्न १ करोड १९ लाख रकम विनियोजन गरिएको छ ।
मन्त्रालयका अनुसार पर्साको जगरनाथपुर गाउँपालिकामा संचालनमा रहेको २ वटा माध्यामिक, एउटा निम्न माध्यामिक र २ वटा आधारभूत विद्यालयका लागि १ करोड ६४ लाख रकम छुट्टाएको छ । जसमा ४ कोठे भवन निर्माणका लागि ३ वटा विद्यालय, २ कोठे भावनका लागि एउटा विद्यालय र एउटा विद्यालयमा विज्ञान प्रयोगशाला निर्माण गर्न उक्त रकम विनियोजन गरिएको हो ।
जिराभवानी गाउँपालिकाको ३ वटा विद्यालयका लागि ७४ लाख, कालिकामाई गाउँपालिकाको ४ वटा विद्यालयका लागि ८० लाख ५० हजार र धोविनी गाउँपालिकाका ३ वटा माध्यामिक विद्यालयका लागि १ करोड १२ लाख ५० हजार रकम छुट्टाएको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार बहुदरमाई नगरपालिकाका ४ वटा विद्यालयको भौतिक पूर्वाधार निर्माणमा १ करोड १९ लाख, पकाहामैनपुर गाउँपालिकाको ३ वटा विद्यालयका लागि ७४ लाख, सखुवाप्रसौनी गाउँपालिका अन्तरगत संचालित ५ वटा सामुदायिक विद्यालयका लागि १ करोड २ लाख ५० हजार रकम विनियोजन गरिएको छ ।
ठोरी गाउँपालिकामा संचालित ४ वटा माध्यामिक र २ वटा आधारभूत विद्यालयको भौतिक पूर्वाधार निर्माणका लागि १ करोड ८६ लाख ५० हजार, पटेर्वा सुगौली गाउँपालिकाका २ वटा माध्यामिक र एउटा आधारभूत विद्यालयका लागि ७१ लख, छिपहरमाई गाउँपालिकाको ३ वटा आधारभूत विद्यालयमा ७१ लख र विन्दवासीनी गाउँपालिकाका २ वटा आधारभूत विद्यायको भवन निर्माणका लागि ६७ लाख ५० हजार रकम छुट्टाएको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जनाएको छ ।
पर्साका १४ पालिका मध्ये सवैभन्द बढी रकम १२ वटा विद्यालयको भौतिक पूर्वाधारमा ३ करोड १२ लाख परेको छ भने सवै भन्दा कम रकम विन्दवासीनी गाउँपालिकामा २ वटा विद्यालयको लागि जम्मा ६७ लाख ५० हजार मात्र परेको छ ।
चालु आर्थिक बर्षमा खर्च गर्नेगरी उक्त रकम स्थानीय पालिकामा पठाईने शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जनाएको छ । पर्साका ६२ वटा विद्यालयमा २३ वटा विद्यालयमा ४ कोठे, २२ वटा विद्यालयमा २ कोठे र १७ वटा विद्यालयमा विज्ञान प्रयोगशाला भवन निर्मांण हुने छ ।


सम्बन्धित समाचार