Logo

जेकलाई चुनावी प्रचारको समयमा स्वागत तथा सम्मान गर्दै एनआरएन अमेरिकाका सल्लाहाकार वेद प्रसाद खरेल

२४ कार्तिक, आइल्याण्ड न्यूयोर्क । अमेरिकामा हालै सम्पन्न निर्वाचनमा त्यहाँ वसोवास गर्ने नेपाली समुदायले समर्थन गरेकाे उमेदवार विजयी भएका छन । रिपब्लिकन पार्टीका उमेदवार ( Jake Blumencranz) जेक ब्लुमेन्क्रन्जलाई लग आइल्याण्ड न्यूयोर्कमा बसोबास गर्ने नेपाली समुदायले निर्वाचनमा समर्थन गरेका थिए ।

नेपाली कांग्रेसका पूर्व महासमिती सदस्य, समाजसेवी एंव एनआरएन अमेरिका का सल्लाहाकार वेद प्रसाद खरेलको अगुवाईमा उनकै घर हिक्सभिलमा आयोजना गरिएको चुनाव प्रचार सभामा उनलाई स्वागत तथा सम्मान गरिएको थियो । उक्त कार्यक्रममा एनआरएनका सल्लाहाकार खरेले निर्वाचित ( Jake Blumencranz) जेक ब्लुमेन्क्रन्जललाई दोसल्ला ओढाएर सम्मान गरेका हुन ।

यसपटकको निर्वाचनमा लगं आइलैंड न्यू योर्कमा बसोबास गर्ने नेपाली समुदायले निर्वाचनमा सक्रियता पूर्वक भूमिका निर्वाह गरेको खरेलले बताए । उनका अनुसार न्यूयोर्क को लग आइलैंड मा बसोबास गर्ने नेपालीहरू स्थानीय डिस्ट्रिक्ट १५ का असेम्बली का रिपब्लिकन पार्टीका उम्मीदवार ( Jake Blumencran) जेक ब्लुमेन्क्रन्जललाइ जिताउन महत्वपूणर् भूमिका निर्वाह गरेका थिए ।

उक्त निर्वाचनमा रिपब्लिकन पार्टीका उम्मीदवार ( Jake Blumencran) जेक ब्लुमेन्क्रन्जलले असेम्बली डिस्ट्रिक्ट १५ बाट निर्वाचन जितेका छन् । डेमोक्रेटिक पार्टीको तर्फबाट उमेदवार बनेका अमेण्डा लाइ पराजित गर्दै जेकले निर्वाचन जितेका हुन् ।

उनको बिजय प्रती लगं आइलैंडमा बस्ने नेपाली समाजका अगुवाहरूले खुसी ब्यक्त गरेका छन् । जेकले स्थानीय स्तरमा नेपाली समुदायको मुद्दालाइ सहयोग र समर्थन गर्ने प्रतिवद्धता जनाएकोले उनलाई सहयोग गरेको खरेलले बताए ।

जेकको नेपाली समुदायसँग राम्रो चिनजान भएको र यहाँ वसोबास गर्ने नेपालीका समस्यालाई सजिलै उठाउन सक्ने भएकोले नपालीको साथ र सहयोग पाएको खरेलले बताए । उनको विजयले यहाँ बस्ने नेपाल समुदायलाई फाइदा पुग्ने खरेलले बताए ।


सम्बन्धित समाचार