Logo

काठमाडौं । बैतडीको पाटनमा मतपेटिका पुर्‍याएर फर्किंदै गरेको प्रहरी सवार जिप दुर्घटना हुँदा ४ जना प्रहरीको मृत्यु भएको छ । दशरथचन्द राजमार्गअन्तर्गत पाटन नगरपालिका–४ निङलाडीको थुम भन्ने ठाउँमा से १ ज ८५४ नम्बरको जिप आज बिहान दुर्घटना हुँदा घटनास्थलमा ४ जनाको मृत्यु भएको हो । ४ जनाको शव निकालिसकेको बैतडीका प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले बताए ।

उनका अनुसार मृतकको संख्या बढ्ने सक्ने आश‌ंका छ । उनले भने, ‘जीप अपठ्यारो ठाउँमा खसेको हुनाले शवहरु निकाल्न गाह्रो भएछ ।पहिले घाइतेहरु निकालिरहेका छौं । घाइतेहरु प्रहरीबाहेक अरु पनि हुन सक्छ ।

उक्त जिपमा १४ जना सवार थिए । जिप सडकबाट करिब ३ सय मिटर तल खसेको जनाएको छ । उनीहरु मतपेटिका पुयाएर फकँदै थिए । रातभरि मतपेटिका ढुवानी गरिरहेको र चालकलाई अनिदो भएर दुर्घटना भएको हुनसक्ने प्रजिअ पन्थीको भनाइ छ ।


सम्बन्धित समाचार