Logo

२० माघ,काठमाडौँ । पर्सा राष्ट्रिय निकुञ्ज कार्यालयले वन्यजन्तुको अवैध चोरी सिकारीको घटनामा संलग्न रहेको ठहर गर्दै दुई जना प्रदेश सांसद र पूर्वगाउँपालिका अध्यक्षसहित ४९ जनाविरुद्ध मुद्दा दायर गरेको छ ।

४५ दिनको अनुसन्धान पछि सो प्रकरणमा निकुञ्जले प्रदेश सासंदहरु प्रमोद जैसवाल र श्याम बहादुर खड्का सहित ४९ जना विरुद्ध मुदा दर्ता गरिएको पर्सा रास्ट्रिय निकुञ्जका सूचना अधिकारी सुर्य खडकाले जानकारी दिए। प्रमोद जैसवाल मधेस प्रदेश सदस्य हुन भने खड्का बागमती प्रदेश सभासदस्य हुन ।

प्रमोद पर्सा क्षेत्र नम्बर ३ को १ बाट स्वतन्त्र बाट निर्वाचित भई हालै जनता समाजवादी पार्टीमा प्रवेश गरेका छन । श्याम बहादुर खड्का काठमाडौं क्षेत्र नम्बर ५ को २ बाट कांग्रेसबाट निर्वाचित बागमती प्रदेश सभासदस्य हुन ।

यसै गरि पर्सा सखुवा प्रसौनी गाउँपालिकाका पुर्ब अध्यक्ष प्रदीप जैसवालविरुद्ध पनि मुदा दर्ता भएको उनले बताए।

उनीहरूलाई निकुञ्जले वन्यजन्तुको अवैध चोरी सिकारीका लागि मतियारको रुपमा काम गरेको ठहर गर्दै उनीहरूलाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ को दफा २७ बमोजिम सजाय हुने सूचना अधिकारी खड्काले बताए। । सो ऐनको दफा २७ मा कसुरदारलाई अपराधमा संलग्न मुख्य कसुरदारको भन्दा आधा सहजाय हुने व्यवस्था गरेको छ । उनीहरुलाई ६ महिना कैद र २५ हजार सम्म जरिवाना तोकिएको छ ।

सांसद खड्काको हकमा निकुञ्ज कार्यालय आफ्नो नाममा दर्ता भएको हतियार अन्य व्यक्तिलाई प्रयोग गर्न दिएर वन्यजन्तुको सिकार गर्न लगाएको निकुञ्जले निष्कर्ष निकालेको छ। उनलाई निकुञ्जले हातहतियार खरखजना ऐन, २०१९ बमोजिम थप कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय पर्सालाई पत्र लेखेर समेत पठाएको छ।

गत पुस ४ गते मधेसका प्रदेश सांसद प्रमोदकुमार जयसवालको सखुवा प्रसौनी–१ स्थित घरबाट बरामद मारिएको जरायो र हतियारसहित पाँच जना पक्राउ परेका थिए।

उनीहरूको साथबाट टोलीले मृत अवस्थामा रहेको जरायो र जरायोको सिङ, शिकार गर्न प्रयोग भएका १२ बोरको भरुवा बन्दुक १ थान, १२ राउण्ड गोली, पाँच थान मोबाइल, दुई लाख ९० हजार ६ सय ३० रुपैयाँ नगद बरामद भएको थियो।

साथै बा ५ त ७८०५ नम्बरको गाडी, र प्रदेश २–०३–००१ च ३०९७ नम्बरको बोलेरो गाडी पनि नियन्त्रण लिइएको थियो। उक्त नम्बरको बोलेरो गाडी सखुवा प्रसौनी गाउँपालिकाका पूर्व अध्यक्ष प्रदीप जैसवालको जैसवाल ईन्टरप्राईजेजको नाममा दर्ता छ।

पर्सा क्षेत्र नम्बर ३(१) का प्रदेश सांसद प्रमोदकुमार जयसवाल, काठमाडौंका क्षेत्र नम्बर ५(२) का प्रदेश सांसद श्याम खड्का र सखुवा प्रसौनी गाउँपालिकाका पूर्वअध्यक्ष प्रदीप जयवालविरुद्ध वन्यजन्तुको अवैध चोरी सिकारीमा मतियारको रुपमा काम गरेको निष्कर्ष निकाल्दै मुद्दा दायर गरिएको पर्साका वार्डेन अशोक रामले  बताए ।

कसुरदारलाई एक वर्षसम्मको कैद र ५० हजार सम्म जरिवाना हुने व्यवस्था छ । पक्राउ परेका प्रतिवादीहरू झापसदास थारु, नवराज बस्ने, शिल सहनी, दामोदार अधिकारी, म्लाङडोङ तामाङ, प्रकाश केसी, सुलम मियाँ अन्सारी, भोलाबहादुर थापा पुन मगरलाई भने सो ऐनको दफ २६(३) बामोजिक सजाय हुने निर्णय भएको छ ।


सम्बन्धित समाचार
भर्खरै